८ औँ अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बुधबारदेखि धनगढीमा

0

बुधबारदेखि धनगढीमा आयोजना हुने ८ औ अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक सुदूरपश्चिमाञ्चल गोजुरियो कराते दो सघले मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।

प्रतियोगिताका सयोजक तथा गोजुरियो कराते संघका केन्द्रीय महासचिव प्रकाश चन्दले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । खेलहरु बुधबार बिहान १० बजेदेखि नै धनगढी रंगशालामा सञ्चालन हुने भए पनि प्रतियोगिताको औपचारिक उद्घाटन भने कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का सांसद नारदमुनि रानाले दिउँसो ३ बजे गर्ने कार्यक्रम तय गरिएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन नेपालसहित ६ देशका साढे चार सयभन्दा बढी खेलाडीहरु धनगढी पुगिसकेका छन् । नेपालका दुई सय ४३, भारतका एक सय ८०, श्रीलङकाका १९, भुटानका सात, पाकिस्तानका पाँच तथा बङगलादेशका नौ गरी चार सय ६३ खेलाडी प्रतियोगिता खेल्नका लागि धनगढी आउने र त्यसमा अधिकांश खेलाडीहरु धनगढी पुगिसकेको प्रतियोगिताका संयोजक चन्दले जानकारी दिए ।

प्रतियोगितामा ४२ स्वर्ण, ४२ रजत र ८४ कास्य पदकाका लागि खेलाडीहरु प्रतिस्पर्धा गर्नेछन । प्रतिोगिताको कुमुतो विधातर्फ प्रथम पुरुस्कार ५१ हजार, द्धितीय पुरुस्कार ३१ हजार र तृतीय पुस्कार २१  हजार राखिएको छ ।  प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ ।

 

Share.

Leave A Reply