८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

0

दाङ, पुस २४ – चिसो बढेसँगै दाङको तुलसीपुर उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण कार्यक्रम सुरु गरेको छ ।

नगरपालिकाको वडा नम्बर १९ की  १ सय तीन वर्षीया बस्यौनी चौधरीलाई नगरप्रमुख घनश्याम पाण्डेले न्यानो कपडा हस्तान्तरण गर्नु भएको हो । उपमहानगरपालिकाबाट दलित, जनजाति अल्पसंख्यकबाट ८० वर्ष पुगेका र अन्य समुदायका ८४ वर्ष पुगेका बृद्धबृद्धालाई न्यानो कपडा वितरण कार्यक्रम सुरु गरिेएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो  । तुलसीपुर उपमहानगरपालिका–१८ मा पनि न्यानो कपडा वितरण गरिएको छ । ८४ वर्ष पुगेका ५ जना बृद्धबृद्धालाई टोपी, ब्लाङ्केट, ओड्ने एक एक थान वितरण गरिएको छ । वडामा दलित र अन्य गरी २८ जना बृद्धबृद्धा रहकोमा आइतबार ५ जनालाई वितरण गरिएको वडाध्यक्ष माधव वलीले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाले ८० नाघेका दलित र अन्य ८४ नाघेकाको स्वास्थ्य चेकजाँच पनि गरिएको वलीले जानकारी दिनुभयो । तुलसीपुर उपमहानगरपालिका–४ को  वडा कार्यालयले पनि कार्यक्रमको आयोजना गरी वडाका ८० वर्ष उमेर पुगेका बृद्धबृद्धालाई न्यानो कपडा वितरण गरेको छ । वडा अध्यक्ष बालकृष्ण रानाको अध्यक्षतामा न्यानो कपडा वितरण गरिएको हो । वडाका ८० वर्ष उमेर पुगेका २० जना बृद्धबृद्धालाई न्यानो कपडा प्रदान गरिएको हो ।

Share.

Leave A Reply