७ नम्बर प्रदेशमा ७० प्रतिशत मत खस्यो

0

डोटी, असार १४ – दोश्रो चरणको चुनाव अन्तर्गत प्रदेश नम्बर ७ मा ७० प्रतिशत मतदान भएको छ । प्रदेश नं. ७ का ८८ वटा स्थानीय तहमा शान्तिपूर्ण एवं उत्साहजनक रुपमा मतदान भइरहेको छ ।

१ हजार ७ सय ८० मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको सुदूरपश्चिम क्षेत्रीय प्रशासन कार्यालय दिपायल राजपुरका क्षेत्रीय प्रशासक सुशिलकुमार ढुंगानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुुदूरपश्चिमका ८८ स्थानीय तहका मतदान केन्द्रमा दिउँसो ३ बजेसम्म ७० प्रतिशत मत खसेको हो । समग्र सुदूरपश्चिमको सुरक्षा ब्यबस्था निकै कडा तथा मजबुद बनाइएकाले मतदाताहरु उत्साहपूर्ण तरिकाले मतदान गरिरहेका छन् । चुनावमा सुरक्षाका लागि सेनाको हवाई गस्ती टोलीले निरन्तर गस्ती गर्दै आएको छ । सुदूरपश्चिमका केही ठाउँमा सामान्य छिटफुटका घटना बाहेक अरु ठूला घटना केही नभएको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।

Share.

Leave A Reply