५५ लाखसहित पाँचजना पक्राउ

0

४ जेठ, २०७४ । धनुषा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा ५५ लाख नगदसहित पाँचजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी मलेसियामा कार्यरत नेपाली कामदारबाट रकम संकलन गरेर नेपालस्थित कामदारको घरमा पैसा पठाउने कारोबारमा संलग्न पाँचजनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकाहरुमा रघुनाथपुर ४ धनुषाका महादेव राउत, विष्णुदेव राउत, रोशन कुमार महरा र एकराही १ का अरुण दास तथा सबैला २ का विन्देश्वर राउत रहेका छन् । पाँचैजनालाई थप अनुसधानका लागि राजश्व अनुसन्धान विभागमा पठाइने धनुषाका प्रहरी नायब उपरिक्षक मनोज कुमार यादबले जनाए । उनीहरुबाट प्रहरीले ५५ लाख रकम, ५ थान ल्यापटप, १० थान मोबाइल र फाइलहरु बरामद गरेको छ ।

पत्रकार सम्मेलनमा प्रहरी नायब उपरिक्षक यादबले पक्राउ गर्दैगर्दा अभियुक्तहरुले प्रहरीलाई प्रलोभन दिएको जनाए ।

प्रहरीले मलेसियामा जानकी इम्पेक्स नामक संस्था सञ्चालन गरी विष्णुदेवले रकम संकलन गरेर भारत हुँदै नेपाल पठाउने र नेपालमा कामदारको परिवारजनलाई हस्तान्तरण गर्ने गरेको जनाएको छ । जनकपुर उपमहानगरपालिका २ भानुचौकस्थित राष्ट्रिय वाणिज्य बैंक तल सुराकीको आधारमा रकमसहित अरुण दास र रोशन कुमार महरालाई पक्राउ गरेपछि थप तीनजना अनुसन्धानको दायरामा आएको यादबले जनाए ।

Share.

Leave A Reply