४० तोला सुनसहित त्रिभुवन विमानस्थलबाट उपसचिव समातिए

0

 

२२ वैशाख, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको अवैध सुनसहित उपसचिव किशोर कुमार खत्रीसहित २ जना पक्राउ परेका छन् । उनीहरु ४६६ ग्राम अर्थात ४० तोला सुनसहित पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ । खबीसँगैकतार एयरको विमानमार्फत दोहाबाट काठमाडौं आएका मनिष रिमाल पनि पक्राउ परेका छन् । खत्री नेपाल नागरिक उड्ययन प्राधिकरणका कर्मचारी हुन् । तस्कर रिमालले ल्याएको सुन खत्रीले विमानस्थलकै अध्यागमन बेल्टमानै रिसिभ गरेका थिए ।

भन्सारका कर्मचारीले नै त्यो देखेपछि उनीमाथि सुराकी गरिएको थियो । अाशंकाका आधारमा पछ्याउँदा एराइभल एक्सरे मेसिनमा उनी समातिएका प्रहरीले जनाएको छ ।विमानस्थलको एयर ट्राफिक कन्ट्रोल रुममा काम गर्ने उनी आठौं तहका कर्मचारी हुन् । भन्सारले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

Share.

Leave A Reply