हिसिलाले मागिन् माफी, भन्छिन्- आवेग र अर्धबेहोसीमा नारा लगाएछु

0

२१ चैत, काठमाडौं । प्रहरी धरपकडका क्रममा ‘देश खारेज गर’को नारा लगाएको भन्दै चर्कौ आलोचना भएपछि नयाँ शक्ति पार्टी नेपालकी नेतृ हिसिला यमीले माफी मागेकी छन् ।उनले सोमबार पत्रकार सम्मेलन गर्दै मातृभूमिको अपमान गर्ने आफ्नो कुनै मनसाय नरहेको बताइन् ।

आइतबार निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा धर्ना दिने क्रममा प्रहरीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उनकी पत्नी यमी लगायतलाई पक्राउ गरेको थियो । त्यसक्रममा यमीले ‘यो देश खारेज गर’ भन्ने नारा लगाएकी थिइन् ।

झण्डै एक घन्टाको ठेलमठेलमा आफू अर्धमूर्छित हुन पुगेको तर, पति डा. बाबुराम भट्टराई लगायत सम्हालेको उनले सुनाइन् ।

लगतै सुरक्षाकर्मीहरुले पक्राउ गर्दा आफूले आवेश र अर्धचेत अवस्थामै नाराबाजी गरेको भन्दै नयाँ शक्तिकी अन्तराष्ट्रिय सम्वन्ध विभाग प्रमुख यमीले भनिन्, त्यसैक्रममा स्थानीय निर्वाचन ऐनको यो आदेश खारेज हुनुपर्छ भन्न खोज्दा बेहोसीपूर्वक अन्यथा हुन भन्न पुगेछु ।’

Share.

Leave A Reply