स्थानीय तहमा कर्मचारी पठाउने निर्णय, पत्रकार महासंघलाई ३० लाख दिइने

0

१९ जेठ, काठमाडौं । सरकारले हालै निर्वाचन भएका स्थानीय तहहरुमा कर्मचारी पठाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले निर्वाचन भएका २८३ स्थानीय तहहरुमा कर्मचारी पठाउने निर्णय गरेको हो । साथै गरीबसँग विश्वेश्वर लगायत गरिबी निवारणसम्वन्धी कार्यक्रम सहकारी विकास तथा गरिबी निवारण मन्त्रालय अन्तरगर्त राख्ने निर्णय समेत गरेको छ ।

मे २ लाई सूचना तथा सञ्चार प्राविधि दिवसका रुपमा मनाउने र नेपाल पत्रकार महासंघलाई अधिवेशन गर्न ३० लाख रुपैयाा दिने निर्णय भएको सञ्चारमन्त्री राम कार्कीले बताए ।

बैठकले बन्यजन्तुको आक्रमणबाट मारिएकाको परिवारलाई दिने राहत ५ लाखबाट १० लाखमा पुर्‍याएको छ ।

Share.

Comments are closed.