स्टोकले म्यानचेष्टर युनाइटेडलाई बराबरीमा रोक्यो

0

२५ भदौ, जनकपुर । एरिक म्याक्सिम चुपो मोइङले दुई गोल गरेपछि स्टोकले इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडको विजयी यात्रामा पूर्णविराम लगाएको छ ।

शनिबार राति भएको खेलमा स्टोकले म्यानचेष्टर युनाइटेडसँग २–२ को बराबरी खेल्दै अंक खोसेको हो ।

घरेलु मैदानमा भएको खेलमा स्टोकले ४३ औं मिनेटमा चुपो मोइङको गोलबाट अग्रता लिएको थियो । युनाइटेडले लिगमा ५३५ मिनेटमा गोल खाएको हो । तर, युनाइटेडका राफोर्डले गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा सकियो ।

खेलको ५७ औं मिनेटमा लुकाकुले गोल गर्दै म्यानचेष्टर युनाइटेडलाई २–१ को अग्रता दिलाए । तर, यो धेरैबेर टिक्न सकेन र ६३ औं मिनेटमा स्टोकले बराबरी गोल फर्कायो ।

दुबै टोलीले जित निकाल्ने प्रयास गरेका थिए । ८१ औं मिनेटमा म्यानचेष्टर युनाइटेडका लुकाकुले राम्रो मौका पाएका थिए तर, सदुपयोग गर्न सकेनन् । साथै खेल सकिनै लाग्दा आत्मघाती गोल खान लाग्दा स्टोकका गोलरक्षकले उत्कृष्ट बचाउ गरे ।

Share.

Leave A Reply