सोह्र दिनदेखि बेपत्ता गंगामायालाई श्रीमानले हत्या गरेको खुलासा

0

उपेन्द्र येक्तेन, उज्यालो ।

पाँचथर, फागुन २१ – सोह्र दिनदेखि बेपत्ता भनिएकी पाँचथरको फिदिम नगरपालिका – ३ सिलौतिका ४२ वर्षीया गंगामाया सुनुवारको श्रीमानले हत्या गरेको खुलासा भएको छ ।

छिमेकिले गंगामाया फागुन ५ गतेदेखि घरमा नरहेकोे प्रहरीमा उजुरी दिएको आधारमा उनका श्रीमान ६१ वर्षीय टेकबहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेपछि श्रीमानले हत्या गरेको खुलासा भएको हो । पक्राउपछि प्रहरीले सोधपुछ गर्दा टेकबहादुरले श्रीमतीको हत्या आफैले गरेको स्वीकार गरेका छन् ।

घरायसी बिवाद हुँदा टेकबहादुरले गंगामायालाई चिरपटले हानेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । श्रीमतीको हत्यापछि टेकबहादुरले घरनजिकैको बारीमा लगेर गाडेको बताएका छन् । लास गाडेको ठाउँमा उत्खनन् गरेर हेर्दा गँगामायाको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी विज्ञान बस्नेतले बताउनुभयो ।

घटनाबारे जिल्ला अदालत पाँचथरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएकोे छ । दुई छोरी र एक छोरा रहेका उनीहरुको जेठी छोरीको भने विवाह भइसकेको छ । घटना भएको दिन छोरी पनि घरमा नरहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply