सेवाग्राही सञ्चारविहीन अवस्थामा

0

जनकपुर, ११ जेष्ठ । नेपाल टेलिकम कार्यालय जनकपुर र एकीकृत सहरी विकास आयोजनाबीच देखिएको क्षतिपूर्ति विवादका कारण डेढ हजारभन्दा बढी सेवाग्राही सञ्चारविहीन भएका छन् ।
आयोजनाले बाटो विस्तार र नाला बनाउने क्रममा नेपाल टेलिकमको भूमिगत तथा एरियल तामाको तार र अप्टिकल फाइवर तारको नेटवर्कमा क्षति पु¥याएकाले सो अवस्था सिर्जना भएको हो ।
टेलिकम कार्यालयकाअनुसार एक हजार पाँच सय सेवाग्राही सञ्चारविहीन भएका हुन् ।
टेलिफोन लाइन बन्द हुनेमा राष्ट्रिय समाचार समिति, आन्तरिक राजस्व कार्यालय, हुलाक, यातायातलगायतका दर्जनौँ कार्यालय पनि रहेका छन् ।

Share.

Leave A Reply