सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च कायम

0

रेडियो जनकपुर , ९ साउन । शुक्रबार सुनको मूल्य प्रतितोला ९५ हजार ८ सयमा पुगेर हालसम्मकै उच्च रेकर्ड राखेको छ ।
बिहीबार ९४ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन १३ सयले बढेर ऐतिहासिक रेकर्ड राखेको हो ।

आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५० रुपैयाँमा कायम छ । अघिल्लो दिन चाँदीको मूल्य ११ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटबढ भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Share.

Leave A Reply