साउदी अलपत्र नेपाली भन्छन् ‘३५ दिनमा पनि उद्धार गर्न नसक्ने कस्तो कानुन’

0

रमा मगर/उदयपुर ।

पुस २० – साउदी अरबमा अलपत्र परेका चार जना नेपालीले आफूहरुलाई उद्धार गर्न आग्रह गरेको सुनुवाई नभएको गुनासो गरेका छन् ।

काम र तलब नपाएको भन्दै उदयपुरका बलबहादुर राई, कपिलवस्तुका रामबृक्ष केवर, म्याग्दीका युवराज सार्की, भोजपुरका अम्बर सुनुवारले उद्धार गर्न आग्रह गरेको ३५ दिन बित्दा पनि सुनुवाई नभएको गुनासो गरेका हुन् ।

बलबहादुरका आफन्तले उद्धार गर्न आग्रह गर्दै कन्सुलर सेवा विभागमा निवेदन दिएका छन् । उनीहरु अल्झा इन्टरनेशनल प्राइभेट म्यानपावरबाट साउदी अरबको मोदी अल बकावी फार्म कम्पनीमा गएका थिए ।

ऋण काढेर ८० हजारदेखि एक लाखसम्म बुझाएका उनीहरुले एक वर्षमा त्यो ऋण पनि तिर्न नसकेको परिवारको गुनासो छ । उहाँको सम्झौता पत्रमा कृषिको कामका लागि १४ सय रियाल तोकिए पनि भनेको उनीहरुले सम्झौता अनुसारको काम र तलब पाएका छैनन् ।

गएको २ महिनादेखि कम्पनी बन्द भएकाले झनै समस्या भएको उनीहरुको भनाई छ । बलबहादुरले २०७४ साल भदौ २२ गते नेपाल फर्काइदिन आग्रह गर्दै साउदीमा रहेको नेपाली दूतावासमा निवेदन दिनुभएको थियो ।  यस्तै बलबहादुरका भाइ लिलबहादुर राईले कन्सुलर सेवा विभागमा पनि मंसिर १४ गते निवेदन दिनुभएको छ ।

तर निवेदन दिएको ३५ दिन बितिसक्दा पनि उद्धार नभएकोमा परिवारमा परिवारले चिन्ता जनाएको छ । लिलबहादुर बिहीबार पनि कन्सुलर सेवा विभागमा पुग्नुभएको थियो । विभागका कर्मचारीले आउँदो सोमबारसम्म पर्खिन आग्रह गरेका छन् ।

सोमबार मात्रै नेपाल फिर्ता गर्न आवश्यक छ कि छैन भन्ने यकिन हुने विभागले बताएको छ । ‘समस्यामा परेका व्यक्तिलाई कति समस्या पर्छ भन्ने कुरा किन नसोचिदिएको होला । यो त एकदमै ढिलो भयो ।’ उदयपुरमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा फोन गरेका बलबहादुरले  भन्नुभयो ‘निवेदन दिएको ३५ दिनमा पनि उद्धार गर्न नसक्ने कस्तो कानुन ?’

पीडितका आफन्तले म्यानपावरलाई पनि आग्रह गरेका छन् । तर म्यानपावरले वास्ता नगरेको उनीहरुले बताए । खान पनि समस्या भएको भन्दै उनीहरुले भागेर काम गरेर खाने कुरा जुटाइरहेको बताएका छन् ।

Share.

Leave A Reply