सरर सिलगढी नगर बसैमा…

0

विमल विष्ट/उज्यालो ।

डोटी फागुन १२ – दिपायल सिलगढी नगरपालिकाले नगरबस संञ्चालनमा ल्याएको छ । नगरबसको शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टले सिलगढीमा उद्घाटन गर्नुभएको हो । शैलेश्वरी मन्दिरका पुजारी तिर्थराज भट्टद्वारा विधिवत पुजा गरेपछि मुख्यमन्त्री भट्टले रिवन काटेर नगरबसको उद्घाटन गर्नु भएको थियो ।

७३ लाख लगानीमा नगरपालिकाले दुईवटा नगरबस बस संञ्चालनमा ल्याएको हो । यसअघि नगर बस यातायात व्यवसायी, सहकारी लगायतले मात्र संञ्चालनमा ल्याएका थिए । नगरपालिकाले आफ्नै स्रोतबाट खरिद गरेर संञ्चालनमा ल्याएको पहिलो पटक हो । मुख्यमन्त्री भट्टले नगरबस संञ्चालनको काम सराहनीय रहेको बताउदै थप सहयोगका लागि प्रदेश सरकारले भुमिका खेल्ने बताउनु भयो ।
नगरपालिकाभित्र सिलगढी–दिपायलको १२ किलोमिटर दुरीमा यात्रा गर्न यात्रुहरुलाई झन्झट हुने गरेको थियो । ‘यात्रुहरुले स्थानीय रुटमा भोग्दै आएको सास्तीलाई मध्यनजर गरेर नगरबस संञ्चालनमा ल्याइएको हो ।’

दिपायल सिलगढी नगरपालिका नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो । टिकटदर सार्वजनिक यातायात भन्दा सस्तो बनाउने मलासीले बताउनुभयो । बस संञ्चालनको कार्यविधि बनाएर सेवालाई सहज, पारदर्शि र प्रभावकारी बनाउने योजना नगरपालिकाको छ ।

Share.

Leave A Reply