सरकारी सम्पत्ति नोक्सान पूराएको आरोपमा भैँसी पक्राउ

0

२०७४ वैशाख

घाँसपास तथा बोटविरुवा खानु त भैँसीको काम नै हो । तर त्यहीँ घाँस खाएको आरोपमा एउटा भैँसी पक्राउ परेको छ ।

घटना भारतको उत्तर प्रदेशको । युपीको लखिमपुरस्थित खिरी क्षेत्रमा यो घटना भएको छ । स्थानीय एउटा क्याम्पस परिसरमा रहेका बोटविरुवा खाइदिएको आरोपमा पुलिसले एक भैँसीलाई पक्राउ गरेको छ ।

कलेज परिसरका बोटविरुवा खाइदिने भैँसीमाथि सरकारी सम्पत्ति नोक्सान पूराएको अभियोग लगाउँदै पुलिसले पक्राउ गरी मुद्दा दायर गरेको छ ।

खिरीको पलिया गाउँमा रहेको बलदेव वैदिक इन्टर कलेजको प्रांगणमा केही दिनअघि वृक्षारोपण गरिएको थियो । केही दिनपछि नै उक्त प्रांगणमा चर्न पुगेको एउटा भैँसीले भर्खरै रोपिएका विरुवाहरु खाइदिएर सखाप पार्यो ।

भैँसीले विरुवा खाइदिएको देखेपछि कलेज प्रशासनले पुलिसलाई खबर गर्यो । पुलिस कुनै ढिलाई नगरीकन घटनास्थलमा पुग्यो र भैँसीलाई नियन्त्रणमा लियो ।

पुलिसले भैँसीलाई पक्राउ गरी पुलिस चौकीमा लगेर चौकी बाहिर रहेको एउटा रुखमा डोरीले बाँधेर राख्यो । उक्त भैँसीमाथि सरकारी सम्पत्ति नष्ट गरेको अभियोग लगाइएको छ ।

स्मरण रहोस् भारतको उत्तर प्रदेशमा भाजपाको सरकार बनेपछि त्यहाँको पुलिसको बहादुरी ह्वात्तै बढेको छ । केही दिनअघि मात्र युपीका पूर्व मन्त्री आजम खानको चोरी भएको भैँसी पुलिसले फेला पारेको थियो ।
एजेन्सी१ गते

नेपाली चलचित्र क्षेत्रका चर्चित नायक राजेश हमालले स्थानिय निकायको निर्वाचनमा मतदान गरेका छन् । उनले, लैनचौरस्थित कन्या हाइ स्कुलमा रहेको मतदान स्थलमा गएर मतदान गरेका हुन् ।

मतदान गरेपछि संचारकर्मीसँग कुरा गर्दै नायक हमालले जनताले आफ्नो शक्ति देखाउने समय आएको भन्दै विवेक प्रयोग गरेर मतदान गर्न सबैलाई आग्रह गरे । उनले भने-‘छोटो समयका लागि जनताको हातमा पावर छ । अहिले पनि हामीले बिबेक पुर्‍याएनौ भने फेरि पछि पछुताउनु पर्छ ।’

हमालले २० बर्ष अगाडि स्थानिय निकायको निर्वाचनमा मतदान गर्दाको अवस्था र अहिलेको अवस्था फरक भएको बताए । उनले अगाडि भने-‘हामीले जसलाई चुन्छौ, उही नै पदमा पुग्ने हो । २० बर्ष अगाडि र अहिले अवस्था र मनस्थिती बदलिएको छ । यसैले, सबैलाई एकदमै बिबेक पुर्‍याएर सही मानिस चुन्न आग्रह गर्दछु ।’

Share.

Leave A Reply