सरकारी टोलीद्वारा धनुषाको सूचना केन्द्रको अवलोकन

0

समिताकुमारी तामाङ/धनुषा ।

पुस १४ – अर्थ मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र सुरक्षित आप्रवासन परियोजना (सामी)को टोलीले धनुषामा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रको अवलोकन गरेको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव अमृत लम्सला, अर्थ मन्त्रालयका शाखा अधिकृत राजन पराजुली र श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको सामी परियोजना संयोजक सूर्यप्रसाद भण्डारी, सामीका शनत सापकोटा सम्मिलित टोलीले केन्द्रको अनुगमन गरेको हो ।

त्यस क्रममा केन्द्रका संयोजक रामकुमार कर्णले केन्द्रले गरेका काम र त्यसबाट प्राप्त उपलब्धिबारे जानकारी गराउनु भएको थियो । संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयका उपसचिव अमृत लम्सालले केन्द्रले आवश्यकता अनुसार घरधुरी सर्वेक्षण गरेका सूचना दिने गरेको भन्दै राम्रो काम गरेकैले नमुना जिल्ला हुन सफल भएको बताउनुभएको थियो ।

केन्द्रले ३ वर्षदेखि वैदेशिक रोजगारीका जानेहरुलाई सूचना र सीप तालिम बारे जानकारी दिनुका साथै समस्यामा परेकाहरुलाई सघाउँदै आएको छ ।

Share.

Leave A Reply