समाजसेवी साहको पहलकदममीमा अंचल अस्पतालमा ३ गोटे सिकिस्त विरामीके उपचार हुदै

0

जेष्ठ २ गते ।
दिपेन्द्र सिंह । जनकपुरधाम
जनकपुरक अंचल अस्पतालमा उपचारका लागि भर्ना गराएर परिवारजन सम्पर्क विहिन हुनु भएका ३ जना दिदि बहिनलाई जो सिकिस्त विरामी हुनु हुन्छ । केही दिन अगाडी अंचल अस्पतालमे भर्ना भए पनि विरामीको कुरुवा तथा अभिभावकको अतोपतो नभएर उपचार हुन नसकेको इलाम बस्ने पुजा पौडेल, धनुषाको दुहवी बस्ने रानी झा र महोत्तरीको पुनम देवीको उपचार जनकपुरका समाजसेवी तथा असहाय संरक्षण मंचका संयोजक बैद्यनाथ साहको पहलकदमीमा अगाडी बढाइएको छ । यी ३ जना सिकिस्त विरामी मध्ये दु जनाको पेटमा पानी जमेको छ भने एक जनालाई गम्भिर प्रकृतिको रोगले संक्रमित रहेको अस्पताल स्रोतले जनाएको छ ।
ती उपचरार्थ अस्पतालमा भर्ना भएकी ३ नै जनाको उपचारमा अंचल अस्पतालको गरिव असहायका लागि उपलब्ध हुने सेवा सुविधाबाहेक अन्य अस्पताल बाहिरबाट खरिद गरि ल्याउनुपर्ने औषधी तथा खानपिनका लागि लाग्ने आर्थिक स्रोत समाजसेवी साहले उपलब्ध गराउने र ती विरामीको अप्रेशन गर्दा अभिभावकको रुपमा जमानतमा समेत समाजसेवी साह बस्ने भएपछि २ जनाको पेटमा जमेको पानी निकाल्नको लागि अप्रेशन गर्न जनकपुर अंचल अस्पतालले चिकित्सक खटाउने भएको छ ।

Share.

Leave A Reply