सप्तरीमा पथ्थरको कलात्मक मूर्ति भेटियो ।

0

बैशाख २७ गते ।
सप्तरीको पश्चिमी क्षेत्रअन्तर्गत रामनगरको दरकटी गाविस हाल बरसाइन नगरपालिका– २ स्थित एक पोखरीमा माटो खन्ने क्रममा कालो पथ्थरको कलात्मक मूर्ति आज भेटिएको छ ।
सो नगरपालिकाको चिकनी पोखरीमा जेसिबी लगाएर पोखरी खन्दा करिब तीन देखि चार फिट अग्लो एउटै कालो पथ्थरमा विष्णु, हुनमानजीलगायत आकृति देखिएका विभिन्न किसिमका कलात्मक मूर्र्र्र्ित फेला परेको स्थानीयवासीले जनाकरी दिएका छन् ।
फेला परेको मूर्तिलाई स्थानीयवासीले रामनगरस्थित एक मन्दिरमा प्रतिस्थापित गराई पूजाअर्चना समेत गर्ने गरेको जनाएको छ । मूर्ति फेला परेको स्थान र मन्दिरमा मूर्ति हेर्नका लागि हजारौंको भिड लागेको स्थानीय रामकुमार यादवले जानकारी दिए। रासस

Share.

Leave A Reply