सप्तरीमा उम्मेदबारमाथि आक्रमण

0

१९ मंसिर, सप्तरी । सप्तरीका एक जना उम्मेदबारमाथि आक्रमण भएको छ ।

अज्ञात समूहको आक्रमणबाट प्रदेशसभा ४ को २ बाट उम्मेदवारी दिएका सहमुद मियाँ घाइते भएका छन् । उनी संघीय समाजवादी पार्टीबाट उम्मेदवार बनेका छन् ।

अन्तिम दिनको प्रचारप्रसार गरे बोदे बर्साइन-३ स्थित फर्किदैं गर्दा अज्ञात समूहले आफूमाथि आक्रमण गरेको उनले बताएका छन् ।

८/१० जनाको संख्यामा खुकुरी र रडले आक्रमण गरेको उनको भनाइ छ । आक्रमण लगत्तै ती व्यक्तिहरु फरार भएका छन् ।

मियाँको टाउको र हातमा प्रहार गरिएको छ । राति ११ बजेतिर आक्रमण भएको र निजी क्लिनिकमा उपचार गराएपछि अवस्था सामान्य बनेको छ । उनी घरमै आराम गरिरहेका छन् ।

Share.

Leave A Reply