श्रीमतीलाई मेयर बनाउन खोज्दा माओवादी केन्द्रमा वियरका बोतलले हानाहान

0

सिन्धुली, १७ वैशाख । सिन्धुलीमा माओबादी केन्द्रका जिल्ला अध्यक्ष राजन दाहालले आफ्नो श्रीमतीलाई गाउँपालिकाको प्रमुख बनाउन खोज्दा पार्टीमा हलचल मच्चिएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिकामा माओवादी केन्द्रका जिल्ला अध्यक्ष दाहालले आफ्नी श्रीमतीलाई प्रमुख बनाउन खोजेका हुन् ।

पार्टीमा थुप्रै वरिष्ठ नेताहरु हुँदाहुँदै कनिष्ठ आफ्नै श्रीमतीलाई गाउँपालिकाको प्रमुख बनाउन उनी सक्रिय भएका थिए । गत शनिबार सदरमुकाम रामटारमा उम्मदेवार घोषणा कार्यक्रममा दाहालले श्रीमतीलाई उम्मेदवार बनाउने निर्णय सुनाएका थिए । अबेर रातीसम्म उम्मेदवार घोषणा कार्यक्रम हुन सकेन । माओवादी केन्द्रका नेता–कार्यकताबीच वियरका बोतलले हानाहान समेत भएको छ ।

उपाध्यक्षका उम्मेदवार भनी प्रचार गरिएका कमल पनि कार्यक्रममा आउन मानेनन । पछि सासंद हरिबोल गजुरेलको आग्रहमा उनी अबेर रामटारमा पुगेका थिए ।

Share.

Leave A Reply