श्रम कार्यालय तहाचलका नासु २ लाख ३४ हजार घूससहित पक्राउ

0

२८ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार श्रम कार्यालय तहाचलका एक कर्मचारीलाई २ लाख ३४ हजार रुपैयाँ घूससहित नियन्त्रणमा लिएको छ ।

आयोगको टोलीले शुक्रवार विभागका नायव सुब्बा (नासु) नगेन्द्रप्रसाद गौतमलाई उक्त घूस रकमसहित नियन्त्रणमा लिएको हो । उनले श्रम स्वीकृति दिने क्रममा सेवाग्राहीबाट घूस लिएका थिए ।

आयोगको टोलीले कार्यालयका नासु गौतमलाई काठमाडौंको गोंगबुबाट नियन्त्रणमा लिएको हो ।

Share.

Leave A Reply