शोक प्रस्ताव पारित गर्दै संसद बैठक २१ गतेसम्मलाई स्थगित, संविधान संशोधन पछि धकेलियो

0

काठमाडौं, १७ वैशाख । आज बसेको व्यवस्थापिका संसदको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ ।

नेपाली कांग्रेसका पूर्व सांसद नथुनीसिंह दुनुवार निधनमा आइतबारको संसदले शोक प्रस्ताव पारित गरेको हो । २०४८ सालको निर्वाचनमा सिरहाबाट निर्वाचित ८८ वर्षीय पूर्व सांसद दुनुवारको वैशाख १० गते आइतबार निधन भएको थियो ।

अर्काे बैठक वैशाख २१ गते दिउँसो ३ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

यसअघि आजको बैठकमा संविधान संशोधन विधेयक पारित गर्ने चर्चा थियो । संशोधन प्रक्रिया पछि धकेलिएसँगै वैशाख ३१ को स्थानीय तहको निर्वाचन अनिश्चित बनेको छ ।

संविधान संशोधन नभए मधेसी मार्चा चुनावमा सहभागी नहुने र सहभागी नभए निर्वाचन गर्न पनि चुनौति रहेको अवस्थामा ३१ गते निर्वाचन हुने सम्भावना क्षीण हुँदै गएको बताइन्छ ।

Share.

Leave A Reply