शेयर बजारसँगै कारोबार रकम पनि ओरालो

0

काठमाडौं, माघ ८ – शेयर बजार परिसूचक नेप्से मंगलबार झण्डै ८ अंकले घटेको छ । अन्य बाहेकका सवै परिसूचक घटेपछि नेप्से मंगलबार ७ दशमलव ७६ विन्दुले घटेर १३ सय ९४ विन्दुको छेउमा आइपुगेको हो ।

मंगलबार सवैभन्दा धेरै बीमा समुह ८४ भन्दा धेरै अंकले घटेको छ । त्यसैगरि होटल समुह ५२, जलविद्युत झण्डै ३३, बैकिङ्ग ४, विकास बैक साढे ५ अंकले घटेको हो ।

अन्य समुह भने शुन्य दशमलव १२ अंकले बढेको छ । सोमबारभन्दा ७ करोड कम अर्थात २९ करोड भन्दा केही बढीको कारोबार भएको दिन मंगलबार सबैभन्दा धेरै सानिमा माई हाइड्रो कम्पनीको शेयर २ करोड ९१ लाखभन्दा बढीको कारोबार भएको छ ।

बजार घटेपनि बल्र्ड मर्चेण्ट बैकिङ कम्पनीका शेयरधनीले आज ५ प्रतिशत कमाएका छन् । यस्तै, कालीका माइक्रोक्रेडिट कम्पनीका शेयरधनीले ६ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

Share.

Leave A Reply