विश्व क्रिकेट लिग च्याम्पियन्सका लागि राष्ट्रिय टोली घोषणा, को–को परे ?

0

काठमाडौं, मंसिर ११ –विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईसँग हुने खेलका लागि राष्ट्रिय टोलीको घोषणा गरिएको छ । 

बन्द प्रशिक्षणमा रहेका २० जना खेलाडीबाट च्याम्पियनसिपका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो । टोलीमा ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, शरद भेषावकर, सागर पुन, बसन्त रेग्मी, बिनोद भण्डारी, सन्दिप लामिछाने, सोमपाल कामी र करण केसी छन् ।

यस्तै १९ वर्ष मुनिको राष्ट्रिय टिमका कप्तान दीपेन्द्र सिंह ऐरी, आरिफ शेख र दिलिप नाथ पनि टोलीमा परेका छन् । यस्तै, ललित भण्डारीले पनि लामो समयपछि नेपाली टोलीमा पुनरागमन गरेका छन् । जितेन्द्र सिंह मुखिया, अनिलकुमार साह, कुशल भुर्तेल र सिद्धान्त लोहनीलाई राखिएको छ । वैकल्पिकमा परे पनि कुशल र अनिलकुमार साह भने टोलीसँगै पर्सि बुधबार प्रतियोगिताका लागि अबुधावी जाने छन् । उनीहरुलाई अतिरिक्त खेलाडीको रुपमा लैजान लागेको नेपाली राष्ट्रिय टोलीका म्यानेजर रमण सिवाकोटीले जानकारी दिनुभयो । टोलीले प्रतियोगिताअघि आउँदो शुक्रबार अमेरिकासँग र आइतबार केन्यासँग अभ्यास खेल खेल्ने छ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सातौँ तथा अन्तिम चरणको खेलमा नेपालले आउँदो मंसिर २० र २२ गते युएईसँग उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । ८ टिम सहभागी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं स्थानमा रहेको नेपाल डिभिजन दुईमा घटुवा भइसकेको छ ।

Share.

Leave A Reply