विवाहका लागि ठिक्क परेका बेहुला बेपत्ता, कसले लेख्यो उनको फेसबुकमा ‘टुमरो इज लास्ट डे’ ?

0

दयाराम आचार्य/उज्यालो ।

नवलपरासी , माघ २६ – विवाह गर्न ठिक्क परेका बेहुला बेपत्ता भएपछि बेहुला , बेहुलीका  परिवारसँगै गाउँ नै  चिन्तामा परेको छ ।

नवलपरासीको गैँडाकोट नगरपालिका –१४, अमरापुरी बस्ने २९ वर्षका बालकृष्ण खरेल विवाह  हुने दिनको बिहानबाट बेपत्ता भएको परिवारले जनाएको छ । माघ २२ गते विवाह हुन लागेकोमा त्यसै दिन बिहानको समयबाट उनी बेपत्ता  भएका हुन् ।

बालकृष्णका दाई गुरुप्रसाद खरेलकाअनुसार बालकृष्णलाई बिहान १ बजेसम्म आफन्तले घरमै  भेटेका थिए । बिहान पौने ६ बजेतिर बिस्तारामा हेर्दा नदेखेपछि खोजतलास गर्दा कहिँकतै फेला परेनन । उनको अपहरण भएको हुनसक्ने आशंका परिवारले गरेको छ ।

बालकृष्ण कतिबेला कताबाट , कसरी बाहिर गए भन्नेसम्म पनि  परिवारका कसैलाई  पत्तो छैन । रोजगारीका लागि स्पेनमा  ९ वर्षसम्म बसेर २ महिनाअघि उनी घर फर्किएका थिए । पारिवारिक श्रोतका अनुसार उनको राजीखुसीबाट नै डेढ महिनाअघि नै विवाह पक्का गरिएको थियो ।

प्रहरीकोमा भोलिपल्ट खोजतलासको लागि उजुरी दिएको भए पनि खोजीका लागि कुनै पहल नभएको भन्दै परिवारसहित गाउ“लेले प्रहरी कार्यालय नवलपुरमा शुक्रबार ध्यानकर्षण गराएका छन् । उनीहरुले कावाासोतीमा खोजीका लागि दबाव र्‍यालीसहित जिल्ला प्रशासन कार्यालय नवलपुरमा धर्ना समेत दिएका छन् ।
प्रहरीले भने केन्द्रबाट नै घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

फेसबुक पेजमा ‘टुमरो इज  लास्ट डेट फर बालकृष्ण’ भन्ने स्टाटस

उनको मोबाइलको सिम निकालिएको तर फेसबुक पेज  र म्यासेञ्जर भने अनलाइन देखाइरहेको दाइ गुरुप्रसादले बताउनुभयो ।

Share.

Leave A Reply