विरगंजका युवा गुप्ताले सदा परिवारलाई खाद्यान्न सामाग्री गरे प्रदान

0

बैशाख ३० गते । जनकपुरधाम
दिपेन्द्रप्रसाद सिंह
धनुषाका सिनुरजोडा बस्ने अति विपन्न परिवारका ठकाई सदा परिवारलाई खाद्यान्न सामाग्री प्रदान गरेको छ । रेडियो जनकपुर ९७ मेगाहर्ज तथा यस अनलाइनबाट सिनुरजोडा बस्ने ठकाई सदाको घरको अवस्था निकै कमजोर भई जनकपुरका समाजसेवी बैद्यनाथ साहले द्ुई गोठे सुविधा सम्पन्न पक्की घर बनाउनका लागि पहल गरि रहेको खबर पाएर विरगंजका युवा समाजसेवी कृष्ण गुप्ताले शनिवार विहान सदाकै घर पुगि तत्काल खाद्यान्न सामाग्री वितरण गरेका हुन ।
शनिवार विहान २५ किलो चामल , २ किलो दाल , ५ किलो आलु, ५ किलो प्याज, खानेतेल ,नुनसहितको खाद्यान्न सामाग्री समाजसेवी अमरचन्द्र अनिल , असहाय संरक्षण मंचक संयोजक समाजसेवी बैद्यनाथ साहको संयुक्त हातबाट प्रदान गरे ।
आफनो दिदि घर जनकपुर आएका विरगंजका युवा गुप्ताले आफुले सदा परिवारको अवस्थाबारे खबर पाएर आफुले पनि सहयोग गर्ने भनी तत्कालै खानपिनको लागि सहयोग गरेको बताए ।
यता, सदा परिवारको पक्की दु गोठे भवन निमार्णका लागि शनिवार सदाको जग्गाको नाप नक्साङन गरिएको छ । दुई गोठे सुविधासम्पन्न पक्की भवन बनाउनका लागि लागत इस्टिमेट गरिएको समाजसेवी बैद्यनाथ साहले बताए ।

Share.

Leave A Reply