विदेशी बुहारीलाई अंगीकृत नागरिकता दिएर मन्त्री बनाउने मेलोमा सरकार छैनः बिडारी

0

राष्ट्रियसभा सदस्य रामनारायण विडारीले विदेशी बुहारीलाई तत्काल अंगीकृत नागरिकता दिएर मन्त्री बनाउने मेलोमा सरकार नभएको बताएका छन् । 

राष्ट्रियसभाको विशेष समयमा बोल्दै विडारीले नेपाली नागरिकसँग विवाह गर्न कुनै रोकतोक नभएपनि धेरै सरिताहरुलाई तत्काल अंगीकृत नागरिकता दिएर मन्त्री र सांसद बनाउने मेलोमा सरकार नभएको बताए । ‘‘विदेशीसँग विवाह गर्न पाइन्छ । भारतसँग मात्रै होइन क्यानडा गएर गर्नु त्यो पनि नेपालले दिन्छ । अमेरिका गएर गर्नु त्यो पनि नेपालले दिन्छ । अब हामी धेरै सरिताहरु चाँडै अंगीकृत बनाएर देशमा मन्त्री बनाउने सांसद बनाउने मेलोमा छैनौँ । यति कुरा ढुक्क सँग जान्नु है ।’’

Share.

Leave A Reply