विजय गच्छदारविरुद्ध अदालत गइन् भगवती

0

 

११ पुस, इटहरी । सुनसरी ३ मा पुनःमतगणना माग गर्दै प्रतिनिधिसभाकी एमाले उम्मेदवार अदालत गएकी छन् । चौधरीले मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले रिट दायर गरेकी हुन् ।
सुनसरी ३ को मतगणना मसिर २७ गते सम्पन्न भएको थियो । अन्तिम नतिजा अनुसार गच्छदारले ३८ हजार ९७२ ल्याएका थिए भने चौधरीले ३८ हजार ६५१ ल्याएकी थिइन् ।सर्वोच्चबाट मुद्दाको किनारा नलागेसम्म नेपाली कांग्रेसबाट विजयी भएका विजयकुमार गच्छदारले सथप रोक्न माग गरिएको चौधरीका कानुनी सल्लाहकार विनोद कुमार चौधरीले बताए ।

गच्छदार र चौधरीको मतअन्तर ३ सय २१ छ ।

उजुरी पत्रमा चौधरीले मंसिर २१ मा १९ औं लटमा निर्वाचनको मतगणना क्रममा ९ वटा अर्धकट्टी सहितको मतपत्र पाइएको तर निर्वाचन अधिकृतले सिरियल नम्वर हेर्न समेत हेर्न नदिएको दाबी गरेकी छन् ।

पाँच वटा मतदान केन्द्रमारुख चिन्हमा स्वस्तिक छाप फरक -सामान्य आकार भन्दा ठूलो) रहेको मतपत्र भेटिएको र त्यसलाई पनि सदर गरिएको उनले बताएकी छन् । सूर्य चिन्हमा लागेको स्वस्तिक छापको घेरा स्पष्ट रहँदा रहँदै बदरमा गणना गरिएको उनको दाबी छ ।

रिटमा एमाले उम्मेदवार चौधरीले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नम्बर ३ र विजयी भएका कांग्रेसका नेता गच्छदारलाई विपक्षी बनाइएको छ ।

Share.

Leave A Reply