वान वेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गर्ने निर्णय, एक टोली चीन जाँदै

0

काठमाडौं, वैशाख २५ – नेपालले चीनको वान वेल्ट वान रोड अवधारणामा सहमति जनाउने भएको छ । मन्त्रीपरिषदको सोमबारको बैठकले चीनको वान वेल्ट वान रोड अवधारणामा हस्ताक्षर गर्ने निर्णय गरेको हो ।

बैठकले त्यसका लागि उपप्रधानमन्त्री एव अर्थमन्त्री कृष्णबहादुर महरा नेतृत्वको टोलीलाई चीन पठाउने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार आउँदो शुक्रबार उपप्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधि मण्डलले चीनमा गएर सहमति पत्रमा हस्ताक्षर गर्नेछ।

चीनले अघि सारेको वान वेल्ट वान रोड अवधारणा चीनबाट नेपाल भारत हुँदै युरोप जोड्ने सडक परियोजना हो । तर भारतले भने चीनको अवधारणमा सहमति जनाएको छैन र आफ्ना छिमेकी देशलाई अवधारणा नमान्न दवाव दिँदै आएको छ ।

यस्तै मन्त्रीपरिषदको सोमबारको बैठकले काठमाडौंमा बढ्दो जनसंख्याको चाप तथा बसोबास व्यवस्थापनका लागि उपत्यकाका चारै कुनामा नयाँ व्यवस्थित शहर बनाउने निर्णय पनि गरेको छ ।

यस्तै, सुनसरी, मोरङ र ताप्लेजुङमा ज्यान गुमाएका ७ जनालाई शहिद घोषणा गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख २९ गतेदेखि गर्न लागेको थाइल्याण्ड र श्रीलंकाको राजकीय भ्रमणका लागि स्वीकृति पनि दिएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply