वडाअध्यक्षका छोराले बलात्कार गरेको आरोप लागेपछि…

0

 जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष शुभनारायण मण्डलले आफ्नो चरित्रमाथि दाग लगाउनका लागि छोरामाथि बलात्कार प्रयासको आरोप लगाइएको बताएका छन् । एकदिन अगाडी जनकपुरधाम उपमहानगरपालिका–१३ कै एक महिलाले वडाध्यक्ष मण्डलको छोरा रोशन मण्डलले आफुमाथि बलात्कार गर्नुका साथै कुटपीट गरेको आरोप सहितको भिडियो सामाजिक संजाल मार्फत सार्वजनिक गरेपछि उनले त्यसको खण्डन गरेका हुन् ।

वडाध्यक्ष मण्डलका छिमेकीसमेत रहेका राउत जनकपुरधाम उपमहानगरपालिकामा करारमा कार्यरत्त छन् । उनले यो कुरा नगरप्रमुख लालकिशोर साहलाई जानकारी दिए । नगरप्रमुख साहले सो झगडाको बारेमा जानकारी पाएलगत्तै वडाध्यक्ष मण्डललाई फासउन खोजेको अर्का एक वडाध्यक्ष परमेश्वर साहले जानकारी दिए ।

यता प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले बलात्कार प्रयासको घटना झुठो रहेको बताए । उनले बलात्कार प्रयासको घटनाबारे जानकारी भएलगत्तैै शुक्रबार राति नै घटनास्थल पुगेर छानविन गरेको बताउदैँ उनले पुरानो रिसिइवीका कारणले यसरी अतिरञ्जित गरिएको स्पष्ट पारे । उनले ती महिलाले जिल्ला प्रहरी कार्यालयमा झुठो मुद्दा लिएर आएको हुनाले आफुहरुले दर्ता नगरेको समेत स्पष्ट पारे । ‘तर उनीहरुलाई छलफलको लागि भने बोलाएका छौँ’ उनले भने ।

Share.

Leave A Reply