ललितपुर महानगरमा मतगणना जारी, कांग्रेसको अग्रता कायमै

0

१ जेठ, काठमाडौं ।
ललितपुर महानगरपालिकाको मतगणना चलिरहेको छ । अहिलेसम्म मेयर र उपमेयर दुबैमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

पछिल्लो मत परिणाम अनुसार मेयरमा कांग्रेसका चिरिबाबु महर्जनले २१८ मत पाएका छन् भने एमालेका हरिकृष्ण व्यञ्जनकारले १८४ मत पाएका छन् । माओवादीका दिनेश महर्जन दिपेशले ८३ र साझा पार्टी समर्थित रमेश मर्हजनले ४५ मत पाएका छन् ।

उपमेयरमा पनि कांग्रेसकै अग्रता छ । कांग्रेसकी उम्मेदवार गीता बस्र्यालले २०३ मत पाउँदा माओवादीकी हरिना शाक्यले ११६ र राप्रपाका बाबुकाजी थापाले ८७ मत पाएका छन् ।

Share.

Leave A Reply