रोल्पामा बन्द मतपेटिका भित्रै भेटिए जलेका मतपत्र

0

असार १५ – रोल्पा जिल्लाको सुकीदह गाउँपालिका वडा नम्बर ३को एउटा मतपेटिमा १० वटा मतपत्र जलेको अवस्थामा फेला परेको छ । मतपेटिका खोल्दा मतपत्र जलेको अवस्थामा भेटिएपछि दलहरुबीच विवाद भएकाले एक घण्टा मतगणना रोकिएको थियो । केही मतपत्र पूर्ण रुपमा नजलेकाले ती मतपत्र गणना हुने भएका छन् । सर्वदलीय बैठकमा बुझिने मतपत्रलाई सदर र नबुझिने मतपत्रलाई बदर मान्ने सहमति भएपछि मतगणना सुचारु भएको छ । दलहरुबीच मतपत्र कसरी जल्यो भन्ने विषयमा अनुसन्धान जारी राख्ने र मतगणना नरोक्ने सहमति भएको हो । बुधबार पनि रोल्पा नगरपालिका वडा नम्बर १० भनभने मतदान केन्द्रमा एक मतदाताले मतपेटिकाभित्र एसिड हालेका थिए । त्यसैले सुकीदहमा पनि मतपेटिकामा मतदाताले नै एसिड हालेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

Share.

Leave A Reply