रेड स्प्यारोको ट्रेलर सार्वजनिक

0

पुस २५ –निर्देशक डर्रेन अरोनोफस्कीसँग फिल्म ‘मदर’ बाट सफलताको रचनात्मक उडान भरिसके पछि यस्तो लाग्दैछ कि जेनिफर लरेन्स अब फिल्म ‘रेड स्प्यारो’ मार्फत सुरक्षित व्यवसायिक मैदानमा उत्रिदैछिन् ।

जेनिफरको फिल्म ‘रेड स्प्यारो’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । ज्यासन म्याथ्यूको एक उपन्यासमा आधारित फिल्म ‘रेड स्प्यारो’ मा जेनिफर एक रुसी नृत्याङ्गना हुन्छिन । जस्लाई स्प्यारो स्कुलमा भर्ना हुन बाध्य बनाइएको हुन्छ ।

त्यहाँ त्यो महिलालाई रुसी जासुस अधिकारी (Russian intelligence officer) को रुपमा दुश्मनलाई प्रभावित गर्दै धोका दिन प्रशिक्षित गरिन्छ । तर दुश्मनलाई प्रभावित पार्ने क्रममा एक सिआइए एजेण्टसँग भावनात्मक रुपमा नजिकिएपछिको कथा यस फिल्ममा रहेको छ ।

फिल्मका निर्देशक फ्रान्सिस लरेन्स हुन् । फिल्ममा जेनिफ र लरेन्ससँगै जोएल एडगर्टनलगायतको मूख्य भूमिका रहेको छ । फिल्म ‘रेड स्प्यारो’ मार्च २ बाट प्रदर्शनमा आउदैछ ।

Share.

Leave A Reply