रुम्जाटार विमानस्थलमा उडान नियमित गर्न पहल

0

ओखलढुंगा, माघ २०– ओखलढुंगाको एक मात्र विमानस्थल रुम्जाटारमा नियमित उडान गराउन पहल सुरु भएको छ ।  विमानस्थल कालोपत्रे भए पनि एक वर्षदेखि उडान अवरुद्ध रहेको छ ।

उडान सुचारु गर्न सिद्धिचरण नगरपालिका र ओखलढुंगाका प्रदेश सांसदले नेपाल वायुसेवा निगम र निजी एअरलाइन्सलाई आग्रह गरेका हुन् । ‘उडान सुचारु गर्न डेलिगेसन नै गएर माग गरेका छौं, निगमले उडान भर्ने प्रतिवद्धता जनाएको छ’ सिद्धिचरण नगरपालिकाका मेयर मोहन श्रेष्ठले भन्नुभयो ।

तारा र नेपाल एअरलाइन्सले विराटनगर र काठमाडाैं हप्तामा दुई पटक उडान गर्ने गरे पनि एक वर्षदेखि उडान बन्द छ । रुम्जाटारमा प्लेन नचल्दा रुम्जाटार अस्पताल र ओखलढुंगा सामुदायिक अस्पतालबाट जिल्ला बाहिर रेफर गरिएका बिरामीका आफन्तले महँगो पैसामा हेलिकोप्टर चार्टर गर्न बाध्य भएका छन् ।

सदरमुकामभन्दा ११ किलोमिटर टाढा रहेको विमानस्थलसम्म पुग्ने कच्ची बाटोमा यात्रुको आवश्यकता अनुसार यातायात संचालन नहुँदा सदरमुकाम हुँदै रुम्जाटार जान असहज भएपछि यात्रुहरु सडक मार्ग हुँदै काठमाडाैं र विराटनगरसम्म यात्रा गर्दै आएका छन् । जहाज आउँदा समयमा नआउने र ढिला आउँदा उडान रद्ध हुने भएकाले यात्रुहरु हवाइ यात्रामा चासो राख्न छाडेका छन् ।

Share.

Leave A Reply