रुपन्देहीमा १० किलो चरेससहित २ जना पक्राउ

0

रुपन्देही, माघ ७ – रुपन्देहीमा प्रहरीले १० किलो अवैध लागु औषध चरेससहित २ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सालझण्डीको प्रहरी टोलीले रुपन्देहीको सैनामैना –११, उत्तरबरौलबाट १० किलो ८ सय ७० ग्राम चरेससहित रोल्पाको साविक राङकोट –७ रानीकोटका भागिलाल घर्ति र रोल्पा कै साविक तालावाङ –१ आरोबाका चन्द्रबहादुर घर्तीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीको आधारमा सैनामैना –११ का हर्कबहादुर मल्लको भान्छा कोठामा खाटमुनि लुकाइराखेको अवस्थामा चरेस बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जना हर्कबहादुरको घरमा पाउना बस्न आएका थिए ।

Share.

Leave A Reply