रियल मड्रिड छोड्न चाहन्छन् रोनाल्डो

0

कात्तिक २९ – फिफा वर्ष खेलाडी क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडसँग नयाँ सम्झौता गर्न अस्वीकार गरेको बेलायती पत्रिका द सनले उल्लेख गरेको छ । रोनाल्डोले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई आफूले यो सिजनको अन्त्यसँगै क्लब छोड्न चाहेको बताएको स्पेनिस सञ्चार माध्यमलाई उद्धृत गर्दै द सनले जनाएको हो । तर सार्वजनिक रुपमा भने रोनाल्डोले आफू रियल मड्रिडमा खुशी रहेको बताउने गरेका छन् । तर स्पेनिस टेलिभिजन एल चिरिन्गुइतोमा काम गर्ने पत्रकार एडु अग्युइरीले भने रोनाल्डो क्लबको अहिलेको अवस्था र नयाँ सम्झौताबाट रुष्ट रहेको दाबी गरेका छन् । उनले क्लबका अध्यक्ष पेरेजलाई भेटेर आफूलाई रिजोनेवल प्राइसमा क्लब छोड्ने वातावरण बनाइन दिन आग्रह पनि गरेको दाबी गरिएको छ । आफूलाई क्लबले दिनु पर्ने जति महत्व नदिएको रोनाल्डोले महसुस गरेको र त्यही कारण उनी आउँदो जुनको अन्त्यमा रियल मड्रिड छोड्ने मनसायमा रहेको दाबी गरिएको छ ।

Share.

Leave A Reply