राष्ट्रिय महिला फुटबल लिग विजेता टोलीलाई गृहनगरमा भब्य स्वागत

0

२९ जेठ, ताप्लेजुङ । पहिलो पटक राष्ट्रिय महिला लिग फुटबलको उपाधि जित्न स ताप्लेजुङका खेलाडीहरुलाई आज गृहनगरमा भब्य स्वागत तथा अभिनन्दन गरिएको छ ।

पाल्पामा शुत्रवार सम्पन्न भएको राष्ट्रिय फुटबल लिग विजेता बनेको ताप्लेजुङको टिमलाई सोमवार ताप्लेजुङबासीले भब्य स्वागत तथा अभिनन्दन गरेका हुन् ।

बिजेता खेलाडीहरुलाई जिल्लाबासीले अभिनन्द गरी बाजा सहित नगर परिक्रमा गराएको थियो । जिल्ला खेलकुद विकास समिति, जिल्ला फुटबल संघ ताप्लेजुङको सयुक्त आयोजनामा जिल्लाबासीले स्वागत तथा अभिनन्द गरेका हुन् ।

ताप्लेजुङको टिमले कुनै पनि खेलमा गोल नखाई ३० गोल गरेर विजेता बनेको भन्दै खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समिति र फुटबल संघले नगद पुरस्कार दिने निर्णय गरिएको फुटबल संघका अध्यक्ष मोति पतँवाले बताए ।

ताप्लेजुङले फाईनलमा रौतहटलाई २-० ले हराएको थियो ।

Share.

Leave A Reply