राष्ट्रिय महिला फुटबल लिग : सावित्राले फेरि ठोकिन् ८ गोल

0

काठमाडौं, पुस १९ –१६ औँ राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपअन्तर्गत बुधबार भएका खेलमा नेपाल आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई १२–० को फराकिलो अन्तरले हराएको हो । आर्मीका लागि सपना लामाले ५ र सर्मिला थापाले ४ गोल गरे । 

यस्तै दोस्रो खेलमा शसस्त्र प्रहरीको एपिएफले मध्यमाञ्चल विकास क्षेत्रको टिमलाई १४–० ले हराएको छ । सशस्त्रका लागि सावित्रा भण्डारी एक्लैले ८ गोल गरिन् । सावित्राले मध्यपश्चिमविरुद्धको खेलमा १२ गोल गरेकी थिइन् । यस्तै रेखा पौडेल र अनिता केशरीले २/२ गोल गरे ।

Share.

Leave A Reply