राष्ट्रिय जनमोर्चा पनि आयो वाम गठबन्धनमा

0

काठमाडौँ, कात्तिक ४ – नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनमा राष्ट्रिय जनमोर्चा पनि सामेल भएको छ ।

आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा प्यूठान र वाग्लुङका केही क्षेत्रमा जनमोर्चालाई ठूला वाम गठबन्धनले सघाउने भएपछि तीन दलबीच आज सहमति भएको हो ।

सहमति अनुसार प्यूठानको प्रतिनिधिसभाका जनमोर्चा र प्रदेशका एक÷एक क्षेत्रमा एमाले र माओवादी केन्द्रका उम्मेदवार हुनेछन् । यस्तै वाग्लुङका प्रतिनिधिसभा १ र २ मा क्रमशः एमाले र माओवादी केन्द्र तथा  जिल्लाका चार प्रदेश क्षेत्रमध्ये एमाले र माओवादी केन्द्रलाई एक÷एक र बाँकी दुई स्थान मोर्चालाई दिइनेछ ।

सहमतिसँगै देशभर तालमेलको सन्देश प्रवाह गर्न र एकले अर्कोलाई सघाउने तीन दल सहमति भएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली, केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले शनिबार संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

असोज १७ मा घोषणा भएको वाम गठबन्धनमा नयाँ शक्ति नेपाल भने असन्तुष्ट हुँदै लोकतान्त्रिक गठबन्धनसँग पनि तालमेल गर्ने निष्कर्षमा पुगेको छ ।

Share.

Leave A Reply