राष्ट्रिपति उम्मेदवार विद्यादेवी भण्डारीलाई मधेशवादी दलको पनि मत

0

काठमाडौं, फागुन २९ – नेकपा एमालेबाट राष्ट्रपतिको उम्मेदवार बन्नुभएकी विद्यादेवी भण्डारीलाई मधेशवादी दलले पनि मतदान गरेका छन् ।

मधेशवादी दल संघीय समाजवादी र राजपा नेपालले मंगलबार बिहान १०ः०० बजेदेखि सुुरु भएको राष्ट्रपतिको चुनावमा भण्डारीको पक्षमा मतदान गरेका हुन् ।

राष्ट्रपति चुनावमा राष्ट्रियसभाका सदस्य डाक्टर युवराज खतिवडा, रामनारायण बिँडारी र विमला राई पौडेलले भने मतदान गर्न पाउनुभएन । यस्तै, प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरी पनि प्रहरी हिरासतमा रहेकाले मतदान गर्न पाउनुभएन ।

राष्ट्रपति चुनावमा संघीय संसदका ३ सय २६ जनाले मतदान गरेका छन् । मतदानमा डाक्टर बाबुराम भट्टराई, प्रेम सुवाल, रेशम चौधरी, रमेश यादव, जितेन्द्र नारायण देव अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै प्रदेशसभाका पाँचसय ४९ सदस्य मध्ये पाँचसय ३६ जनाले राष्ट्रपतिको चुनावमा मतदान गरेका छन भने १३ जना अनुपस्थित भएका छन् ।

राष्ट्रपति चुनावमा एमाले र कांग्रेसका उम्मेदवारले प्रतिष्प्रर्धा गरेका छन् । चुनावको मतगणना केहीबेरमा हुने निर्वाचन आयोगले जनाएको छ ।

Share.

Leave A Reply