राष्ट्रपति उम्मेदवारबारे छलफल गर्न कांग्रेसले बोलायो बैठक

0

२२ फागुन, काठमाडौं । राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । बुधबार विहान ९ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको छ ।

राष्ट्रपति निर्वाचनका लागि बुधबार उम्मेदवारी दिने कार्यतालिका छ । तर कांग्रेसमा अहिलेसम्म उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा दुई मत छ । केहीले पार्टीले उम्मेदवारी दिनुपर्ने धारणा राखेका छन् भने केहीले नजित्ने चुनाव लड्नुभन्दा उम्मेदवारी नदिएर सकारात्मक सन्देश दिनुपर्ने धारणा राखेका छन् ।

कांग्रेसमा उम्मेदवारी दिने विषयमा सहमति जुटेमा नेता मानबहादुर विश्वकर्माला२ उम्मेदवार बनाउने तयारी छ ।

Share.

Leave A Reply