राशिद खान विश्व क्रिकेटका सबैभन्दा कान्छा कप्तान !

0

फागुन १७ – आउँदो मार्च ४ का दिन अफगानी युवा क्रिकेटर राशिद खानले इतिहास रच्दैछन् । अफगानी युवा लेग स्पिनर राशिद खान आइसीसी विश्वकपको छनोट प्रतियोगितामा नेदरल्याड्स र वेस्टइन्डिजविरुद्धको खेलमा अफगानिस्तानको नयाँ कप्तान नियुक्त भएका छन् ।

राशिद खान सबैभन्दा क्रिकेटका सबै प्रारुपमा कम उमेरमा कप्तान बनेर रेकर्ड कायम गरेका छन् । मार्च ४ का दिन राशिद खान १९ वर्ष १६५ दिन पुग्नेछन् । मार्च ४ मा अफगानिस्तानले स्कटल्याण्डसँग खेल्दैछ ।

अफगानिस्तानका नियमित कप्तान असगर स्तनिकजईको ठाउँमा राशिद खानलाई कप्तानको जिम्मेवारी दिइएको हो । असगर सर्जरीका लागि जिम्मेबावेको एउटा अस्पतालमा भर्ना भएका छन् । उनी पूर्ण रुपमा निको भएर मैदानमा फर्कन अझै दुई हप्ता लाग्ने चिकित्सकले बताएका छन् । स्तनिकजई टिममा नफर्केसम्म अफगानिस्तानको कप्तानको भूमिका राशिद खानले सम्हाल्नेछन् ।

राशिद खानले अफगानिस्तानका लागि अहिलेसम्म ३७ वान डे तथा २९ टी–ट्वेन्टी अन्तराष्ट्रिय खेल खेलेका छन् । उनले वान डेमा ८६ तथा टी–ट्वेन्टीमा ४७ विकेट लिएका छन् ।  राशिदभन्दा पहिले  सबै प्रारुपको क्रिकेटमा कम उमेरमा कप्तान बनेर बरमुडाका रोडनी ट्रोटले रेकर्ड राखेका थिए । उनी २० वर्ष ३३२ दिनमा कप्तान बनेका थिए ।

आइपीएलमा सनराइजर्स हैदराबादको तर्फबाट खेल्छन् । हालै उनी वान डे तथा टी–ट्वेन्टीमा बलिङतर्फ र्याङ्किङको शीर्ष स्थानमा पुगेका थिए । उनी कम उमेरमा शीर्ष स्थानमा पुग्ने खेलाडी पनि बने । उनले पाकिस्तानी बलर सकलैन मुश्ताकको रेकर्ड तोडेका थिए ।  राशिद आइसीसीको र्याङ्किङमा शीर्ष स्थानमा पुग्ने पहिलो अफगानी खेलाडी पनि हुन् ।

Share.

Leave A Reply