रसुवागढीलाई १ करोड ६४ लाख कित्ता शेयर निष्काशनको अनुमति

0

काठमाडौं, पुस २० – रसुवागढी जलविद्युत कम्पनी लिमिटेडले सिमित साधारण शेयर निष्काशनको अनुमति पाएको छ ।

तर यसमा सबै नेपालीले नागरिकले आवेदन दिन पाउने छैनन् । नेपाल धितोपत्र बोर्ड सेबोनले रसुवागढीको प्रवद्र्धक कम्पनीका कर्मचारी, कर्मचारी सञ्चय कोषका वचतकर्ता र ऋण दिने संस्थाका कर्मचारीका लागि मात्र १ करोड ६४ लाख २१ हजार ४० कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

यो शेयर जारी गरेपछि कम्पनीले रसुुवाका बासिन्दा र सर्वसाधारण नागरिकका लागि फेरि शेयर जारी गर्ने छ । चिलिमे जलविद्युत आयोजनाको सहायक कम्पनी रसुवागढीले रसुवामा १ सय ११ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

यो आयोजनामा चिलिमे, नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोषलगायतको शेयर रहने छ ।

Share.

Leave A Reply