रंगेलीको मेयरमा माओवादी विजयी, उपमेयरमा विवाद

0

असार २२ – मोरङको रंगेली नगरपालिका मेयरमा नेकपा माओवादी केन्द्रका दिलिप बगडिया आठ हजार ६८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मोदराज घिमिरेले ६ हजार १८६ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा विवाद उपमेयर पदमा झिनो मत अन्तरका कारण सामान्य विवाद भएपछि वडा नं ६ को पुनःमतगणना सुरु गरिएको छ । सर्वदलीय बैठकपछि निर्णय गरेर पुनः मतगणनाको काम सुरु भइसकेको निर्वाचन अधिकृत पुण्यप्रसाद पाठकले जानकारी दिनुभयो । उपमेयरमा पदमा माओवादी केन्द्रकी केशवकुमारी खरालको ५ हजार ७२० र नेपाली कांग्रेसकी राधादेवी मण्डलको ५ हजार ७०८ मत रहेको गणना गरिएको बताइएको छ । कांग्रेसले मतगणनामा गडबडी भएको जनाउँदै पुनः मतगणनाको माग गरेपछि विवाद भएको थियो । उपमेयरको घोषणा वडा नंं ६ को मतगणना सकिएलगत्तै हुने निर्वाचन कर्यालयले जनाएको छ ।

Share.

Leave A Reply