यू–१९ विश्वकप क्रिकेट फाइनल : भारत र अष्ट्रेलियाको रोचक भिडन्त

0

माघ १९ –न्यूजिल्याण्डमा जारी यू–१९ विश्वकप क्रिकेटका लागि शनिबार चीरप्रतिद्वन्द्वी भारत र अष्ट्रेलिया आमने-सामने हुँदैछन् ।

न्यूजिल्याण्डको बे ओभलमा अन्डर नाइन्टिन विश्वकप इतिहासकै सबैभन्दा सफल दुई टिमबीच हुने प्रतिस्पर्धामा एउटा टीमले इतिहास रच्नेछ । दुवै टीमले अहिलेसम्म तीन–तीन पटक प्रतियोगिताको उपाधि जितिसकेका छन् ।

फाइनल अगाडिको पत्रकार सम्मेलनमा दुवै टीमका कप्तानले आफ्नो टीम बलियो भएकाले उपाधि जित्नेमा ढुक्क भएको दाबी गरेका छन् ।

यो प्रतियोगितामा यी दुई टिम दोस्रो पटक खेल्न लागेका हुन भने समग्रमा उनीहरुको छैटौं भिडन्त हो । प्रतियोगिताको पहिलो खेलमा नै भारतले अष्ट्रेलियालाई १०० रनले हराएको थियो ।

प्रतियोगितामा भारत अपराजित एक्लो टिम हो । अष्ट्रेलियाले २० वर्ष यता यू–१९ विश्वकपमा भारतलाई हराउन सकेको छैन । अन्तिम पटक यो प्रतियोगितामा अष्ट्रेलियाले सन् १९८८ र सन् १९९८ को विश्वकपमा हराएको थियो ।

भारतले यू–१९ विश्वकपको उपाधि सन् २०००, २००८ र २०१२ मा जितेको थियो । यस्तै अष्ट्रेलियाले सन् १९९८, सन् २००२ र सन् २०१० मा जितेको थियो । यो प्रतियोगितामा अष्ट्रेलियन बलरको आक्रमण भारतका ब्याट्सम्यानका लागि चुनौती हुनेछ ।

‘भारतीय मिडिल अर्डर प्रतियोगितामा टेष्ट भएको छैन’ अष्ट्रेलियन टीमका कप्तान जेसोन साङगाले भनेका छन्, ‘हाम्रो टार्गेट त्यसैमा हुनेछ ।’

Share.

Leave A Reply