युएईका उज्यालोकर्मी पाण्डे सम्मानित

0

युएई, पुस २२ – उज्यालोका युएई संवादाता उमाकान्त पाण्डे सम्मानित हुनु भएको छ ।

अन्यायमा परेका नेपाली कामदारका विषय तथा आम नेपाली समुदायका गतिविधी पत्रकारिता मार्फत उठाउन योगदान दिएको भन्दै उहाँलाई तमु समाज युएईलेसम्मान गरेको हो । तमु समाज युएईको २० औं वार्षिक उत्सव तथा खि ल्होसार मनाउन आयोजित कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो ।

पाण्डेलाई नेपाली दूतावास आबुधाबीका कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन, आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष पाशाङ शेर्पा तथा तमु समाज युएईकी अध्यक्ष उषा तमुले दोसल्ला र सम्मानपत्र सहित सम्मान गर्नुभएको हो । पाण्डेले एक दशकदेखि  युएईमा पत्रकारिता गर्दै आउनुभएको छ । सम्मानपत्र प्रदान गर्दै कार्यवाहक राजदूत टन्डनले सक्रिय रुपमा सन्तुलित पत्रकारिता गरिरहेको भन्दै पाण्डेको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा समाजमा दुई दशक योगदान गरेको भन्दै तमु समाजका संस्थापक सदस्य तथा नेपाली समाज युएईका पुर्व अध्यक्ष यम तमु र राजु तमुलाई ताम्रपत्रले सम्मान गरिएको थियो ।

यस्तै हिमालयन एयरलाइन्सका युएई प्रतिनिधि तथा ग्रीनलाइन ट्राभल्सका संचालक ठाकुर ढुङगाना, गाउँगाउँमा कम्युटर शिक्षा अभियान चलाइरहेका धादिङका अभियान्ता भुवन गुरुङ, लोकगायक राजु गुरुङ तथा गुरुङ भाषाको चलचित्रकी नायिका भारती घले र समाजका सदस्य रविन्द्र तमुलाई पनि सम्मान गरिएको थियो ।

Share.

Leave A Reply