मेगा बैंकको साधारणसभामा कोरम पुगेन, टुरिजमसँगको मर्जर अन्यौलमा

0

काठमाडौं, मंसिर ४ – टुरिजम डेभलपमेन्ट बैंक र मेगा बैंक एक आपसमा गाभिने नगाभिने भन्नेमा अन्यौल भएको छ । एक आपसमा गाभिने निर्णय गर्न भन्दै सोमबार बोलाइएको मेगा बैंक नेपाल लिमिटेडको विशेष साधारणसभा कोरम नपुगेपछि स्थगित भएको छ । तर टुरिजम बैंकको मेगा बैंकको साधारणसभामा कोरम पुगेन, टुरिजमसँगको मर्जर अन्यौलमासाधारण सभाले भने मेगा बैंकसँग गाभिने प्रस्ताव पारित गरेको छ।

टुरिजमको १ सय कित्ता शेयर बराबर मेगाको ९५ कित्ता शेयर हुने गरी यी दुई बैंक गाभिने तयारीमा थिए । टुरिजमको १ सय कित्ता शेयर बराबर मेगाको ९५ कित्ता हुने निर्णयप्रति असन्तुष्ट रहँदै आएका मेगा बैंकका अधिकांश शेयरधनी साधारणसभामा उपस्थिति नभएपछि कोरम पुग्न नसकेको हो ।

मेगा बैंक संचालक समितिका अध्यक्ष भोजबहादुर शाहले सोमबार बोलाइएको विशेष साधारण सभा स्थगित भएको तर अर्को साधारण सभा तत्काल आह्वान गर्न लागिएको बताउनुभयो । अर्को साधारण सभा आह्वान गरी टुरिजम विकास बैंकसँगको मर्जर प्रक्रिया तत्काल टुंगो लगाउन शेयरधनीले संचालक समितिलाई अनुमति पनि दिएका शाहले दावी गनुभयो छन् । अर्को विशेष साधारणसभा छिट्टै बोलाइने भने पनि मिति तय भएको छैन ।

दुई जना शेयरधनीले साधारण सभा रोक्नका लागि पाटन उच्च अदालतमा अन्तरिम आदेश माग गरी दिएको निवेदनमा अदालतले साधारण सभा रोक्न नपर्ने गरी सोमबारै आदेश समेत जारी गरेको थियो । साधारण सभा अघि बढाउन अब मेगा बैंकलाई कानुनी रुपमा कुनै बाधा अड्चन नभएको बैंकले जनाएको छ । तर शेयरधनीहरुले भने टुरिजमको १ सय कित्ता शेयर बराबर मेगाको ९५ कित्ता शेयर हुने गरी गाभिन नहुने भन्दै आएका छन् ।

टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जरपछि मेगा बैंकको चुक्ता पुँजी १० अर्व नाघ्ने छ । यसअघि नै हकप्रद शेयर जारी गरेको मेगा बैंकका चुक्ता पुँजी ७ अर्व ६ करोड रुपैयाँ पुगेको छ । टुरिजमसँग नगाभिने हो भने पनि मेगा बैंकले बोनस शेयर दिएर राष्ट्र बैंकले तोके अनुसार ८ अर्व पुँजी पुर्‍याउन सक्नेछ । त्यसैले पनि शेयर धनी टुरिजमसँग गाभिन नहुने अडानमा छन् । गाभिन नहुने पक्षमा रहेका शेयरधनीले सोमबार बहुमत शेयरधनी आफ्नो पक्षमा रहेको भन्दै गाभिने प्रस्ताव असफल पार्ने तयारीसमेत गरेका थिए । टुरिजम र मेगा एक आपसमा गाभिने भन्दै लामो समयदेखि यी दुई बैंकको शेयर कारोबारसमेत रोकिएको छ ।

Share.

Leave A Reply