मिथिलाञ्चलमा जुडसितल पर्व मनाईँदै

0

धनुषा, वैशाख २ – मिथिलाञ्चलमा शनिबार जुडसितल पर्व मनाईंदैछ । नयाँ वर्षको भोलिपल्ट अर्थात २ गतेका दिन बिहानै बुवाआमा, गुरु, मान्यजन एवं जेष्ठले आफूभन्दा सानालाई टाउकोमा पानी छर्केर आशिर्वाद दिएर जुडसितल पर्व मनाइन्छ ।

वर्षभरि सुख, समृद्धि, शान्ति, दीर्घायु एवं उत्तरोत्तर प्रगति होस भन्ने कामना गर्दै आफूभन्दा सानालाई आशिर्वाद दिने र सानाले पनि आफूभन्दा जेष्ठबाट आजका दिन आशिर्वाद लिने प्रचलन रहिआएको छ ।  यस्तै आजका दिन खेतबारीमा मलजल दिने र बोटबिरुवामा पानी हाल्ने गरिन्छ ।

मिथिलाञ्चलमा होली पर्व जस्तै आजका दिन हिलोपानी पनि खेल्ने प्रचलन छ । बिहान जनकपुरको गंगासागरको किनारमा स्थानीय बुद्धिजिवीले हिलोपानी  खेलेका छन् । लोप हुँदै गएको हिलोपानी खेल्ने परम्परा एवं सँस्कृतिलाई बचाउन कार्यक्रमको आयोजन गरिएको बुद्धिजिवी वजय दत्तले बताउनुभयो ।

यस्तै जुडसितलको एक दिन पूर्व पकाएको बासी भात चुल्हो देवतालाई चढाउने गरिन्छ । आज मिथिलाञ्चलको घर घरमा मिष्ठान परिकार भात, दाल, तरकारी, करही बरी, तरुवा, भुजुवा लगायतको भोजन बनाएर खाने परम्परा रहि आएको छ ।

Share.

Leave A Reply