माछा मार्न रोक

0

खोटाङ, फागुन २०– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मी र वडा नम्बर–१०, पाथेकाका स्थानीयले खोलामा माछा मार्न रोक लगाएका छन् ।

करेन्ट तथा बिष लगाएर माछा मार्ने क्रम बढेसँगै दुर्लभ असला माछा लोप हुने अवस्थामा पुगेपछि स्थानीयले रुपाकोट मुहान भएर बग्ने देखुमखोला, कालुपातेखोला, आइतबारेखोला र बगरेभञ्ज्याङ मुहान भएर बग्ने भूत्याखोलामा माछा मार्न रोक लगाएका हुन् ।

संरक्षण समितिको नियम विपरित पहिलो पटक माछा मारेको भेटिए पाँचदेखि दश हजार, दोस्रो पटक भेटिए दशदेखि बीस हजार र तेस्रो पटक भेटिए बीसदेखि तीस हजार रुपैयाँ जरिवाना गर्ने स्थानीय सर्वधन राईले बताउनुभयो ।
स्थानीय लक्षिणाप्रसाद राईको संयोजकत्वमा बनेको ११ सदस्यीय संरक्षण समितिले माछा संरक्षणका लागि अनुगमन सुरु गरेका छन् ।

Share.

Leave A Reply