माओवादीले सार्वजनिक गर्यो ३० बुँदे चुनावी घोषणापत्र

0

 
काठमाडौ, बैशाख २२

माओवादी केन्द्रले स्थानीय निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार पार्टी कार्यलय कोटेश्वरमा पत्रकार सम्मेलन गर्दै माओवादीले ३० बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

सार्वजनिक घोषणापत्रमा माओवादीले ‘माओवादी केन्द्रको उपहार, गाउनगरमा सिंहदरवार’ भन्ने मुल नारा अघि सारेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले घोषणापत्र सार्वजनिक गर्दै स्थानीय तहमा समाबेशी, समानुपातिक, लोकतन्त्रका लागि माओवादीको पहिलो प्रयास रहेको बताए । सार्वजनिक घोषणापत्रमा संविधानमा समेटेएका २२ वटा अधिकार स्थानीयस्तरमा लागू गर्न माओवादी प्रतिवद्ध रहेको उल्लेख छ ।

त्यस्तै माओवादी घोषणापत्रमा किसानलाई भुमिको अधिकार, गाउगाउमा वाइफाई, उपभोक्तामुखी बजारको व्यवस्था, तीव्र शहरीकरणलगायतका विषयलाई समेटेको छ ।

स्थानीयस्तरमा माओवादीले यसअघि नै जारी गरेको घोषणापत्र केन्द्रबाट भने शुक्रबार मात्रै सार्वजनिक गरेको हो ।

Golden Oak

Share.

Leave A Reply