महोत्तरी, पुस ८– महोत्तरीको गौशालामा शुक्रबार राति चोरी भएको छ ।
गौशाला नगरपालिका ५ का विमल शा शंकरको घरबाट ३ थान मोवाइल र नगद ३० हजार बराबरको चोरी भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिनुभयो ।